इन्जिन मर्मतपछि निगमको न्यारोबडी पुन: उडानमा

काठमाडौँ — नेपाल वायुसेवा निगमको लुम्बिनी नामको एयरबस ए–३२० जहाज २० दिनपछि पुन: उडानमा फर्किएको छ ।

साउन २१ गते हङकङबाट काठमाडौं उडानमा फर्किएपछि यो जहाजको पहिलो इन्जिनमा समस्या देखिएको थियो । निगमका इन्जिनियर मनोज साहले आइतबार दिउँसो जहाज मर्मत भइसकेको बताए ।

Seti Hospital

निगमले सोमबार रातिदेखी जहाजलाई उडानमा राखेको छ । ‘७ दिन समस्या पत्ता लगाउन लाग्यो’, निगमका एक अर्का इन्जिनियरले भने, ‘स्पेयर पार्टस् नेपाल झिकाउँदा ५ दिन लाग्यो ।’

हङकङबाट फर्किँदा जहाजको इन्जिनलाई बिजुली आपूर्ति गर्ने पर्मानेन्ट म्याग्नेट अल्टरनेटरको रिटेन्सन नटमा समस्या देखिएको ती इन्जिनियरले बताए ।

एनएसीका दुवै न्यारोबडी जहाज ग्राउन्डेड : बुधबार राति साउदी र काठमाडौँमा २ सय १० यात्रु अलपत्र

यो विमान बनेसँगै निगमका चारवटै जहाज उडानमा आएका छन् । १ सय ५८ सिटका दुईवटा न्यारोबडी र २ सय ७४ सिट क्षमताका दुईवटा वाइडबडीबाट निगमले भारतको दिल्ली दैनिक उडान गर्दै आइरहेको छ । यसबाहेक मुम्बई, बैङ्लुरु, जापान, मलेसिया, हङकङ, बैंकक, दोहा, दमाम र दुबईमा सातामा दुईदेखि चारवटासम्म नियमित उडान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार