विप्लवले आफू बस्ने सोफामा प्रचण्डलाई बसाए, धान खेती देखाए

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच करिब ५० मिनेट भेटवार्ता भएको छ ।

प्रचण्ड आज बिहान आफैं विप्लवलाई भेट्न हरिसिद्धीस्थित विप्लव निवास पुगेका थिए ।

Seti Hospital

प्रचण्ड विप्लवको निवासमा पुग्दा नेकपाका नेता–कार्यकर्ताहरु लामबद्ध भएर स्वागत गरेका थिए । मूल ढोकामा भने विप्लवले स्वागत गरेका थिए । अनि आफ्नो कार्यकक्षमा लगेर विप्लवले आफू बस्ने सोफामा प्रचण्डलाई बसाएका थिए ।

करिब ५० मिनेट विप्लव निवासमा बिताएर प्रचण्ड त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट फर्किनुअघि प्रचण्डले नेकपाले गरेको धान खेती अवलोकन गरेका थिए । सो क्रममा प्रचण्डले उत्पादनसँग जोडिएको भन्दै विप्लवको प्रशंसा गरेका थिए ।

प्रचण्डको इच्छाअनुसार विप्लवसँग भेट

अरु बेला विप्लव भेटघाटका लागि प्रचण्ड निवास पुग्थे । आज भने बिहानै प्रचण्डले विप्लवलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अनि प्रमुख स्वकीय सचिव गोविन्द आचार्यलाई बोलाएर विप्लवलाई फोन गरेर आउन लागेको जानकारी दिन भनेका थिए । त्यसपछि आचार्यले विप्लवलाई फोन गरेर भेटघाटको समय मिलाएका थिए ।

विप्लव समाजवादी मोर्चाको अध्यक्षसमेत भएकाले प्रचण्ड आफैं भेट्न गएको आचार्यले बताए ।

सो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै दुई पार्टीबीचको एकताबारे समेत छलफल भएको आचार्यले जानकारी दिए । ‘माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने भनेर गरेको निर्णयबारे प्रचण्डले जानकारी गराउनुभयो अनि समाजवादी मोर्चाको गतिविधिलाई प्रभावकारी बनाउने भनेर छलफल भयो,’ आचार्यले अनलाइनखबरसँग भने ।

गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति बनाउने निर्णय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार