सुदूरपश्चिममा घोडाघोडी नगरपालिका उत्कृष्ट, मेलौली पुछारमा

धनगढी : स्थानीय तहहरूको गुणस्तर परीक्षणपछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा सार्वजनिक गरेको हो।

Seti Hospital

मन्त्रालयले प्रकाशन गरेको नतिजामा कैलालीमा घोडाघोडी नगरपालिका ८५.५० अङ्कसहित प्रदेशमै उत्कृष्ट भएको छ। प्रदेशमा बैतडीको मेलौली नगरपालिका ४५ अङ्कसहित पुछारमा छ।

कैलालीमा मोहन्याल गाउँपालिका ५५.५० अङ्क सहित पुछारमा रहेको छ। यस्तै धनगढी उपमहानगरपालिका ८४ अङ्क, गोदावरी नगरपालिका ८१ अङ्क, चुरे गाउँपालिका ८१ अङ्क, बर्दगोरिया गाउँपालिका ७९.२५ अङ्क, जानकी गाउँपालिका ७७.७५ अङ्क, गौरीगंगा नगरपालिका ७५.७५ अङ्क, भजनी नगरपालिका ७१.७५ अङ्क, कैलारी गाउँपालिकाले ७१.२५ अङ्क, जोशीपुर गाउँपालिका ७०.२५ अङ्क, टीकापुर नगरपालिका ७०.२५ अङ्क र लम्की चुहा नगरपालिका ६५ अङ्क ल्याएको छ।

कञ्चनपुरमा ८३.२५ अङ्क सहित बेदकोट नगरपालिका पहिलो हुँदा ७१.५० अङ्क सहित दोधारा चाँदनी पुछारमा रहेको छ। यस्तै बेलौरी नगरपालिका ८२.५० अङ्क, लालझाडी गाउँपालिकाले ८१.७५ अङ्क, बेलडाँडी गाउँपालिका ८१.७५ अङ्क, भीमदत्त नगरपालिका ८१.२५ अङ्क, पुनर्वास नगरपालिका ८१ अङ्क, शुक्लाफाँटा नगरपालिकाले ८० अङ्क र कृष्णपुर नगरपालिकाले ७३.२५ अङ्क ल्याएका छन्।

बाजुरामा बुढीगंगा नगरपालिकाले सबैभन्दा बढी अङ्क ल्याउँदै जिल्लमा उत्कृष्ट भएको छ। बुढीगंगाले ८४ दशमलव २५ अङ्क ल्याएको छ। बाजुरामा सबैभन्दा कमजोर बुढीनन्दा नगरपालिका देखिएको छ । बुढीनन्दाले ६१ दशमलव ७५ अङ्क ल्याएर पुछारमा रहेको छ । बडीमालिका नगरपालिका ८३ दशमलव ५० अङ्क, जगन्नाथ गाउँपालिकाले ८१ दशमलव ५०, स्वामिकार्तिक खापर गाउँपालिकाले ८१, हिमाली गाउँपालिकाले ७५ दशमलव ५०, त्रिवेणीले ७४ दशमलव ७५, खप्तड छेडेदहले ७३ दशमलव ५० र गौमुलले ६९ दशमलव ५० अङ्क हासिल गरेको छ।

बैतडीमा ७७.२५ अङ्कसहित पुर्चौंडी नगरपालिका पहिलो बनेको छ भने ३१.२५ अङ्कसहित मेलौली नगरपालिका पुछारमा रहेको छ। यस्तै दोगडाकेदार गाउँपालिकाले ७६ अङ्क, सुर्नया गाउँपालिकाले ७४.७५ अङ्क, दशरथ चन्द नगरपालिकाले ७४.५० अङ्क, शिवनाथ गाउँपालिकाले ७४.२५ अङ्क, सिगास गाउँपालिकाले ६४.५० अङ्क, डिलाशैनी गाउँपालिकाले ६१.५०, पाटन नगरपालिकाले ५६.५० र पञ्चेश्वर गाउँपालिकाले ५६ अङ्क प्राप्त गरेको छ ।

अछाममा पंचदेवल विनायक नगरपालिका ७७.५० अङ्क सहित पहिलो भएको छ भने ढकारी गाउँपालिका ४३.७५ अङ्क सहित पुछारमा छन्। यस्तै चौरपाटी गाउँपालिकाले ७१.७५ अङ्क, साँफेबगर नगरपालिकाले ७१.५० अङ्क, बान्नीगढी जयगढ गाउँपालिकाले ७१ अङ्क, मंगलसेन नगरपालिका ६८.७५ अङ्क, तुर्माखाँद गाउँपालिकाले ६६.२५ अङ्क, रामारोशन गाउँपालिकाले ६५.७५ अङ्क, कमलबजार नगरपालिकाले ६५.२५ अङ्क र मेल्लेख गाउँपालिका ४५ अङ्क ल्याएको छ।

डडेल्धुरामा अजयमेरु गाउँपालिकाले ८३.२५ अङ्क सहित सबैभन्दा उत्कृष्ट भएको छ भने नवदुर्गा गाउँपालिकाले ७३.२५ अङ्क सहित पुछारमा छ। यस्तै आलिताल गाउँपालिकाले ८१.२५, भागेश्वर गाउँपालिकाले ८१.२५, गन्यापधुरा गाउँपालिकाले ७५.५०, परशुराम नगरपालिकाले ७५.२५ र अमरगढी नगरपालिकाले ७३.७५ अङ्क ल्याएका छन।

डोटीमा जोरायल गाउँपालिका ८२.२५ अङ्क सहित पहिलो र पुर्विचौकी गाउँपालिका ५८.७५ अङ्क सहित पुछारमा रहेको छ। यस्तै बडीकेदार गाउँपालिकाले ८१.२५, बोगटान गाउँपालिकाले ८१, आदर्श गाउँपालिकाले ७९.७५, दिपायल सिलगढी नगरपालिकाले ७८.७५, शिखर नगरपालिकाले ६८.५०, सायल गाउँपालिकाले ६८.२५ र केआईसि गाउँपालिकाले ६७.७५ अङ्क ल्याएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाले ८१ सहित पहिलो हुँदा लेकम गाउँपालिका ६१.७५ अङ्क सहित पुछारमा छ। यस्तै मालिकार्जुन गाउँपालिका ८०.७५, नौगाडी गाउँपालिकाले ८०.२५, दुहुँ गाउँपालिकाले ७९.२५, दुहुँ गाउँपालिकाले ७९.२५, अपिहिमाल गाउँपालिकाले ७८.७५, महाकाली नगरपालिका ७८.७५, मार्मा गाउँपालिकाले ७२ अङ्क र ब्याँस गाउँपालिका ७०.२५ अङ्क ल्याएका छन्।

बझाङ केदारस्युँ गाउँपालिका ७९.७५ अङ्क सहित पहिलो हुँदा ६२ अङ्क सहित सुर्मा गाउँपालिका पुछारमा छ। यस्तै मष्टा गाउँपालिकाले ७६.७५, जयपृथ्वी नगरपालिकाले ७२.२५, थलारा गाउँपालिकाले ७१.५०, बित्थडचिर गाउँपालिकाले ७०, खप्तडछान्ना गाउँपालिका ६८.७५, तालकोट गाउँपालिकाले ६७.५०, छबिस पाथिभरा गाउँपालिका ६७.२५, दुर्गाथली गाउँपालिकाले ६४ र बुंगल नगरपालिकाले ५७.५० अङ्क ल्याएका छन्।

कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यसहित लिजा कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ।

शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरेर १० ओटा सूचकको आधारमा स्थानीय तहहरूको स्वमूल्याङ्कन गर्ने गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार