सुदूरपश्चिममा भोलि प्रादेशिक विदा

धनगढी : सुदूरपश्चिम प्रदेशमा भोलि (आइतवार) सार्वजनिक बिदा दिइएको छ। साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले अद्वारी पर्वको अवसरमा ८ गते बिदा दिइएको बताए। कृष्ण जन्माष्टमीपछिको पहिलो आइतवार अर्थात् शुक्ल पक्षको पहिलो आइतवार थारू समुदायले अट्ठारी पर्व मनाउँदै आएका छन्। थारू समुदायमा पुरुषहरुले विशेष रुपमा अद्वारी मनाउने गर्दछन्। दाजुभाइहरुले अट्ठारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि ब्रत बसी बेलुकी पूजा गर्ने चलन छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार