धनगढीमा विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन

धनगढी : कैलालीको धनगढीमा विद्यालय शिक्षा विधेयकविरुद्ध आज संयुक्त रूपमा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनमा निजी विद्यालय संगठन (प्याव्सन), नेशनल प्याव्सन र हिसानको सहभागिता थियो।
विरोध र्‍यालीमा सहभागी निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानले निजी विद्यालयको अस्तित्वमै संकट ल्याउने दाबी गरेका छन्। विशेषगरी निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने प्रावधान र नयाँ छात्रवृत्ति व्यवस्था प्रति असन्तुष्टि व्यक्त गरिएको छ।

कालो ब्यानर टाँसी नगर परिक्रमा
विद्यालयका सवारीसाधनमा कालो ब्यानर टाँसिएको थियो। उक्त सवारीसाधनहरू विद्यालय नजिकका चोकमा उतार्दै नगर परिक्रमा गरिएको थियो। यसरी गरिएको प्रदर्शनलाई शैक्षिक क्षेत्रमा दबाब सिर्जना गर्ने उद्देश्यले गरिएको आयोजकहरूले जनाएका छन्।

Seti Hospital

विद्यालय सञ्चालकहरूले हाल अभ्यासमा रहेको छात्रवृत्ति प्रणाली नै यथावत राख्नुपर्ने र निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान तत्काल हटाउनुपर्ने माग गरेका छन्। उनीहरूले विधेयक जसरी पारित भएको छ, त्यसरी नै लागू भएमा हजारौं निजी विद्यालयको अस्तित्व संकटमा पर्ने र लाखौं विद्यार्थीको भविष्य प्रभावित हुने चेतावनी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार