मन्त्री पालको नाम जोडेर अफवाह फैलाउने लाई कार्वाही होस्”

धनगढी।नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदमाथि भएको सामाजिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।


बैठकले बैतडी जिल्ला क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सुरेन्द्र बहादुर पाल माथि लगाइएका आरोपहरू निराधार, असत्य र षड्यन्त्रपूर्ण भएको ठहर गर्दै यस्ता गतिविधिले जनप्रतिनिधिको मर्यादा धुमिल गर्न खोजिएको निष्कर्ष निकालेको छ।

Seti Hospital

निर्णय नं. ४ मा उल्लेख भएअनुसार, बैठकले यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

बैठकमा यस्ता घटना राजनीतिक तथा सामाजिक जीवनमा अस्वाभाविक र अशोभनीय भएको भन्दै एकताबद्ध भएर प्रतिवाद गर्ने प्रतिवद्धता जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार