काठमाडौँ — श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन् ।
सीआईडी पनि भनिने क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्टले उनलाई पक्राउ गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । सरकारी अनुसन्धान अधिकारीहरुले सन् २०२३ मा लन्डनस्थित युनिभर्सिटी अफ उल्भरह्याम्प्टनमा प्रोफेसर समेत रहेकी श्रीमती मैथ्री विक्रमासिंघेको दिक्षान्त समारोहमा भाग लिन जादा सरकारी कोषको दुरुपयोग गरेर भ्रमण खर्च गरेको आरोप उनीमाथी लागेको छ ।
७६ वर्षीय बिक्रमासिंघे पक्राउको घटनाबारे प्रहरीले आधिकारिक रूपमा नबताएको र विक्रमासिंघेको कार्यालयले पनि यसबारे प्रतिक्रिया दिन नमानेको रोयटर्सलाई उद्धत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । श्रीलंकाली संचारमाध्यमले भने उनलाइ हिरासतमा लिइएपछि चार घन्टा भन्दा लामो बयान लिएको उल्लेख गरेका छन् ।
पेसाले कानुन व्यवसायीसमेत रहेका उनी श्रीलंकामा ६ पटक प्रधानमन्त्री भएका थिए । २९ वर्षको उमेरमै सन् १९७८ मा युवा मन्त्री भएका बिक्रमासिंघेले जीवनभर कहिल्यै पछाडी फर्केर हेर्नुपरेन् । सन् १९९४ मा त उनी संयुक्त राष्ट्रिय पार्टीको प्रमुख नै भइसकेका थिए ।





प्रतिक्रिया दिनुहोस्