१२ बुँदे माग राख्दै चितवनका एम्बुलेन्स चालकले प्रशासनमा बुझाए ज्ञापनपत्र

चितवन — संयुक्त एम्बुलेन्स चालक संघ नेपाल चितवन जिल्ला शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञानपनपत्र बुझाएकाे छ । २०७८ भदाैमा जारी भएकाे एम्बुलेन्स निर्देशिकाकाे ११ नम्बरमा भएकाे व्यवस्था खारेज हुनुपर्ने उनीहरूकाे माग छ । 

Seti Hospital

साे निर्देशिकाले अस्पतालले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने र अन्य संस्थाहरूले सरकारी अस्पतालकाे सम्झाैताका आधारमा नवीकरणका लाागि सिफारिस गर्ने व्यवस्था गरेका कारण धेरै एम्बुलेन्स विस्थापित हुने र चालकहरूले राेजगारी गुमाउने ज्ञापनपत्रमा उल्लेख छ । त्यसैगरी १० वर्ष पुगेका एम्बुलेन्सलाई कुनै पनि विकल्प नदिई हटाउन खाेजेकाे भनेर संघले विराेध गरेकाे छ ।

संघका चितवन अध्यक्ष सुमन घलेले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञानपनपत्र बुझाएका हुन् । संघले १२ बुँदे माग राखेकाे छ । निजी गाडीलाई शव बाेक्न राेक्नुपर्ने, एम्बुलेन्स चालकलाई नियमित प्रशिक्षण र निःशुल्क स्वास्थ्य उपचारकाे व्यवस्था गर्नुपर्ने लगायत उनीहरूकाे माग छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार