धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका१ सुवर्णपुरबाट सोही ठाउँ बस्ने ४५वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाह लागूऔषधसहित पक्राउ परेका हुन्। चेकजाँच गर्दा उनीहरुको साथबाट ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित तिनै जनालाई बिहीवार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्