काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नभएको बताएका छन् ।
बुधबार काठमाडौंमा स्व.प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री पदमा केवल संयोगले नभई जनताको मत र सांसदहरूको सहयोगले पुगेको स्पष्ट पारे ।
उनले अहिलेसम्म प्रत्यक्ष निर्वाचनमार्फत मात्र चुनाव लडेपनि कहिल्यै पराजय भोग्नुपरेको छैन भन्दै यो आफ्नो राजनीतिक यात्राको सौभाग्य भएको बताए । ‘धेरै पार्टीका नेताहरू मेरो विपक्षमा लागे, तर जनताले साथ दिएर हरेक पटक जिताइदिए, देउवाले भने ।
सभापति देउवाले जनता नै देशका मालिक भएको भन्दै सबै नेताहरूप्रति जनताको सेवा गर्न आग्रह गरे । उनले भने, ‘जनतालाई नै सार्वभौम सम्पन्न भनिएको छ । जनता भन्दा ठूलो कोही छैन ।’
त्यस अवसरमा उनले आफ्नो उमेर धेरै भइसकेको भन्दै अब कसैले चिन्ता नगर्न आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्