झडपको प्रतिवेदनपछि मात्र अस्पतालबाट सबै कैदीहरूलाई कारागार पठाइने

धनगढी : जिल्ला कारागार, कैलालीमा साउन २३ गते राति दुई समूहको बिचमा झडप भयो। कारागारको ए बल्क र बी बल्कका कैदीहरूको बिचमा सामूहिक झडप भएको हो। कैदीहरूको बिचको झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भयो।

कैलाली कारागारका ३९ कैदीहरूलाई घाइते भए। तीन जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। सेती प्रादेशिक अस्पतालमा २ जनाको उपचार हुँदैछ। अन्यको सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्पतालमा उपचार भएको छ। कोरोना अस्पतालमा तीन जनाको अहिले पनि उपचार हुँदैछ। सेती प्रादेशिक अस्पतालका चिकित्सकले डिस्चार्ज गरेका २८ जना कैदीहरू हाल पनि कोरोना अस्पतालमा छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले गम्भीर घाइते भएका तीन जनाको काठमाडौँमा उपचार जारी रहेको बताए। उनले भने, ‘कैदीहरूको निवेदन, उहाँहरूको आफन्तहरूको चाहाना, हाम्रो सुरक्षा विश्लेषण, प्रचलित नीति र विधि, कारागारको सिद्धान्त र मान्यताका आधारमा चार जनालाई कञ्चनपुर कारागार स्थानान्तरण गरेका छौ। एक जनालाई पश्चिम नवलपरासी पठाएका छौ।’

Seti Hospital

तर, जिल्ला कारागार कैलालीमा भएको झडपको प्रतिवेदन आएपछि मात्र घाइते भएका अन्य कैदीहरूलाई फेरि कारागार पठाइने मनसायमा प्रशासन देखिएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा गठन भएको छानबिन समितको प्रतिवेदनका आधारमा घाइते भएका कैदीहरूलाई फेरि कारागार पठाउने तयारीमा प्रशासन रहेको हो।

जिल्ला कारागारमा भएको झडपका क्रममा घाइते भएका तीन जना कैदीबन्दीहरूको मात्र सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्पताल उपचार हुँदैछ। सेती प्रादेशिक अस्पतालका चिकित्सकले डिस्चार्ज गरेका २८ कैदीहरूलाई समेत कोरोना अस्पतालमा राखिएको छ। कारागारको प्रतिवेदनको विश्लेषणपछि मात्र कैदीहरूलाई कैलालीमा नै राख्ने कि अन्य कारागारहरूमा स्थानान्तरण गर्ने भन्ने विषयमा स्थानीय प्रशासनले निर्णय लिने भएको हो। प्रमुख जिल्ला अधिकारी लम्सालले भने, ‘प्रमुख जिल्ला अधिकारीले गठन गर्नुभएको अध्ययन प्रतिवेदनको लेखनको काम हुँदैछ। जाहेरीको आधारमा प्रहरीले पनि अनुसन्धान गर्दैछ। प्रतिवेदन आएपछि थप निर्णय लिन्छौ।’ बुधवारसम्म प्रतिवेदन सार्वजनिक गर्न र कैदीहरूलाई कारागार पठाउन मानव अधिकार आयोगले भनेको छ। तर, जिल्ला प्रशासन कार्यालय, कैलालीले प्रतिवेदन तयार पार्न सकेको छैन।

जिल्ला कारागार, कैलालीमा कैदीबन्दीहरूको बिचमा पटक–पटक झडप हुने गरेको छ। कैदीबन्दीहरूको बिचमा नाइके र चौकीदान छनौटको विषयमा भएको विवादले झडपको स्थिति ल्याएको दाबी गर्ने गरिएको छ। तर, झडपको पूर्ण प्रतिवेदन तयार भएको छैन। स्थानीय प्रशासन तथा प्रहरीले घटनाको बारेमा पूर्ण जानकारी दिन आनाकानी गर्दै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार