साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

भुटानको थिम्पुमा आज (बुधबार) देखि सुरु हुने प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

Seti Hospital

यही भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् ।

सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो।

नेपालले अन्य खेलमा भदौ १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि नेपाली टोली सोमबार नै भुटान पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार