वर्षमान पुनले भने-‘विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो’

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् ।

विपक्षी दलहरूको बैठक सिंहदरवारमा बस्दै छ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

Galaxy

‘सत्तारुढ दलहरूले खासगरी एमाले काँग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणसम्बन्धी जुन प्रस्तावका लागि हस्ताक्षर सुरु गरेपछि यो बेमौसमी भयो,’ उनले भने, ‘विपक्षी दलहरूलाई विभिन्न ढंगले तर्साउने काम चलिरहेको छ । त्यसको अर्को उत्कर्षजस्तो देख्यौँ । त्यसबारे छलफल गर्न लागेका हौँ ।’

एक वर्षअघि नै यस्ता प्रयास भइरहेको बताउँदै उनले विपक्षी दलहरूमाथि विभिन्न स्वार्थको दबाब दिने गरी वर्तमान सरकारले काम गर्न खोजेको उनले बताए ।

‘एक वर्ष पहिले नै कोसिस गर्नुभएको थियो । अहिले विपक्षी दलहरूमाथि विभिन्न स्वार्थमाथि दबाब दिनका लागि यो सुरु गरेको देखिन्छ । विपक्षी दललाई दबाबमा राख्ने काम गर्न खोजेको देखिन्छ,’ उनले भने ।

निरंकुश ढंगले सत्ता सञ्चालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो महत्वकांक्षा देखिएको उनले बताए । ‘यो लोकतान्त्रिक प्रक्रिया हो । जनताले निर्वाचित गरेका अभिमतलाई मोटामोटी मिलाएर जानुपर्छ,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार