टप इन्ड टी–२० क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ — अस्ट्रेलियामा भइरहेको टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो विजय हात पारेको छ । पहिलो ३ खेलमा पराजित नेपालले मंगलबार डार्बिनको क्यालिज एरिना पाल्मरस्टोनमा बिग बासको टोली होबर्ट हरिकन एकेडेमीलाई ६६ रनले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८० रन बनाएको थियो । जबाफमा आएको होबर्ट १६.१ ओभरमा १ सय १४ रनमा अलआउट भयो । नेपाल पहिलो ३ खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४५ रनले, बंगलादेश ‘ए’ सँग ३२ रनले र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

Seti Hospital

कुशल भुर्तेल र आसिफ शेखले पहिलो ६ ओभर भित्र ४९ रन जोडेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । भुर्तेलले २० बल खेलि ४ चौकासहित २७ रन बनाए । आसिफले २८ बल खेलि २ चौकासहित २९ रन बनाए । कप्तान रोहित पौडेल ११ बल खेलि ९ रनमा आउट भए ।

आरिफ शेखले नेपालबाट सर्वाधिक ३३ रन बनाए । उनले २६ बल खेलि ३ चौका प्रहार गरे । कुशल मल्ल ६ र करण केसी १ रनमा आउट भए । लोकेश बम ११ बल खेलि ३ चौका र १ छक्का प्रहार गरि २५ रनमा अविजित रहे । अर्का अविजित ब्याटर नन्दन यादवले १ रन जोडे । हरिकनका निभेथन राधाकृष्णनले ४ ओभरमा २० र राफ म्याकमिलनले ४ ओभरमा समान ४३ रन खर्चेर २–२ विकेट लिए ।

कप्तान रोहितले पहिलो ओभरमै राधाकृष्णनलाई शुन्यमै आउट गरि हरिकन्सलाई दबाबमा राखेका थिए । ब्राडली होपले हरिकन्सबाट सर्वाधिक ३१ रन बनाए । उनले ३६ बल खेलि १ चौका प्रहार गरे । चार्ली वकिमले २१ बल खेलि २ चौका र १ छक्कासहित २८, टिम वार्डले १३ र ज्याक कर्टेनले अविजित २१ रन बनाए । उनले १२ बल खेलि ३ चौका प्रहार गरे ।

प्लेयर अफ द म्याच नन्दन यादव रहे । उनले ५ विकेट लिए । सोक्रममा ३ ओभरमा १७ रनमात्र खर्चेका थिए । रोहित, रिजन ढकाल र सन्दीप लामिछानेले १–१ विकेट लिए । नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमी टिमसँग आफ्नो पाँचौ खेल खेल्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार