देउवाले भने- ८४ को चुनावमा एकल बहुमत ल्याएर काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

Seti Hospital

पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताए ।

उनले भने, ‘यस्ता भाष्यलाई चिर्दै हामी शक्ति र क्रियाशील हुन आवश्यक छ। पार्टीका शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई काँग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक छ ।’

उनले आज मुलुकको सबैभन्दा ठुलो पार्टी काँग्रेस नै रहेको भन्दै आगामी दिनमा पनि सबै मिलेर बलियो बनाउनुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार