काठमाडौं : नेकपा एमालेको राजनीतिमा सक्रिय हुन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर पुगेकी छन्।
बिराटनगर विमानस्थलमा उनको पत्रकारहरुसँग जम्काभेट भयो। उनको राजनीतिक सक्रियता र एमालेका विषयमा धारणा पनि आएको छ।
आफू कुनै गुट चलाउन नजान्ने भएकाले एमालेलाई सक्रिय र बलियो बनाउनका लागि गतिशील बनेको बताएकी छन्।
उनले भनिन्,‘म एमाले हो, एमालेको कार्यकर्ता हुँ। एमालेले नै राष्ट्रपतिमा पठाएको थियो। कार्यकाल सकिएपछि म पार्टीमा फर्किएकी छु। सदस्यता नविकरण गरिसकेकी छु।’
प्रतिक्रिया दिनुहोस्