डोटीको जोरायलका नागरिकलाइ शिविरमार्फत कैलालीमा सेवा

अत्तरिया : डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ। वडा कार्यालयले कैलाली जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको हो।

शिविरमार्फत ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र ‘बायोमेट्रिक’ विधिबाट नवीकरण गर्ने काम भइरहेको वडा सचिव विनोद रजवारले बताए। उनले साउन २९ र ३० गते दुई दिन कैलालीको धनगढीमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरिएको बताए। उक्त शिवरमा ६० ज्येष्ठ नागरिक लाभग्राहीको बायोमेट्रिक विधिबाट सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको थियो।

SHIKHAR COOL TECH

उनले भने, “सडक बिग्रिएको छ। गाउँसम्म जान वृद्धवृद्धालाई अप्ठ्यारो छ । त्यसैले जहाँ बस्नुभएको छ, त्यहीँ सेवा दिन थालेका हौँ।”

त्यस्तै, यही भदौ २ गते कैलालीको अत्तरियामा शिविर सञ्चालन गरिने वडा सचिव रजवारले बताए। शिविर गाउँपालिकाको पञ्जीकरण शाखाको सहजीकरणमा सञ्चालन भइरहेको छ। वडा कार्यालयको कार्यले ज्येष्ठ नागरिकलाई सहज भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार