प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् ।

मिश्री यही भदौ ३१ गते हुने प्रधानमन्त्री ओलीको तयारीको लागि काठमाडौं आएका हुन् । आज हुने भेटवार्ताहरूमा भ्रमणका एजेन्डाका विषयमा पनि छलफल हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार