टप एण्ड टी-२० सिरिज : एनटीएसले नेपाललाई दियो १७८ रनको लक्ष्य

काठमाडौं : अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गतको खेलमा नर्थन टेरिटोरी स्ट्राइक (एनटीएस)ले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

डार्विनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो।

Galaxy

एनटी स्ट्राइकको लागि डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनलाई ८.४ ओभरमा सन्दीप लामिछानेले बोल्ड गरे। 

ज्याक वेथरहाल्डले ११ रन बनाए। उनी ३.४ बलमा रुपेश कुमार सिंहको बलमा सोमपाल कामीको हातमा क्याच भए। कनर क्यारोलले १८ रन बनाउँदै साहब आलमको हातबाट बोल्ड भए। जोर्डन सिल्कले १९ रन बनाउँदै दिपेन्द्रको हातबाट बोल्ड भए। 

क्याडेल म्याकमोहन १८.२ ओभरमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए। उनले १२ बलमा १२ रन बनाए। टम एन्ड्रिज ३२ रनमा अविजित रहे । हामिस मार्टिन २ रनमा अविजित रहे। 

नेपालका लागि बलिङमा सन्दीपले सर्वाधिक ३ विकेट लिए। साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार