निजी मेडिकल कलेजमा १३ सय ५९ सिट थपियो

काठमाडौँ — चिकित्सा शिक्षा अध्ययन गर्न १ हजार ३ सय ५९ सिट थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले अधिकांश निजी मेडिकल कलेजमा संख्या वृद्धिसहित सिट निर्धारण गर्ने निर्णय गरेको हो । 

सरकारी मेडिकल कलेजहरूमा भने सिट संख्या थपिएको छैन । निजी मेडिकल कलेजहरुले स्नातक तहमा सिट संख्या वृद्धि गर्न स्नातकोत्तर तहमा आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने बेलादेखि नै सौदाबाजी गर्दै आएका थिए । उनीहरूको दबाबमा सिट संख्या वृद्धि गरिएको चिकित्सा शिक्षाका विज्ञहरूले बताएका छन् ।

Seti Hospital

गत वर्ष २ हजार १ सय ४० रहेको एमबीबीएसको सिट ४ सय ५९ ले बढाएर २६ सय ३५ पुर्‍याइएको छ । १ सय सिटमा विद्यार्थीलाई पठनपाठन गर्दै आएका अधिकांश मेडिकल कलेजले १ सय ३० वटा कोटाको दरले सिट पाएका छन् । चिकित्सा शिक्षा आयोगले मापदण्डअनुसार नै सिट वृद्धि गरिएको दाबी गरे पनि विज्ञहरुले गुणस्तर खस्कने चिन्ता गरेका छन् । मापदण्डअनुसार भन्दा पनि प्रधानमन्त्रीको निर्देशनमा योजनाबद्ध रूपमा सिट बढाइएको आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीले बताए ।

बीडीएसमा ५० सिट वृद्धि भएको छ । जसमा कुल ६ सय २५ सिट निर्धारण भएको छ । बीएस्सी नर्सिङमा ४ सय ४० सिट बढाएर २ हजार ४ सय ३० सिट निर्धारण भएको आयोगले जनाएको छ । बीएनएसमा १ सय २२ सिट थप गर्दै १ हजार ६२ सिट निर्धारण भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेटौंडामा पनि पहिलो पटक एमबीबीएसको सिट तोकिएको छ । उनीहरुले ५०/५० सिट पाएका छन् । पूर्वाञ्चलले कोशी अस्पताल र मदन भण्डारी प्रतिष्ठानले हटौंडा अस्पतालको सहकार्यमा चिकित्सा शिक्षाको अध्यापन थालनी गरेका छन् ।

निजी मेडिकल कलेजमा सिट संख्या थप हुँदा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शिक्षा अध्ययन संस्थान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत सरकारी मेडिकल कलेजमा भने सिट बढाइएको छैन । सिट वृद्धि गर्न आर्थिक स्रोत सुनिश्चित नभएको भन्दै प्रधानमन्त्री ओलीले आयोगको बैठकमा रोकेको एक सदस्यले बताए ।

काठमाडौं, चितवन, युनिभर्सल, किस्ट, विराट, नोबेल र नेपाल मेडिकल कलेजको सिट वृद्धि गरेर १ सय ३० कायम गरिएको आयोगले जनाएको छ । त्यस्तै मणिपाल र गण्डकी मेडिकल कलेजको १ सय २० तथा देवदहको ९० सिट पुर्‍याइएको छ । यी मेडिकल कलेजमा नर्सिङतर्फ पनि सिट वृद्धि भएको हो । बीडीएसतर्फ कान्तिपुर, पिपल्स डेन्टल कलेजको पनि सिट संख्या वृद्धि गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार