रुपन्देही-३ उपनिर्वाचन : मध्यवर्षामा पनि राजनीतिक चहलपहल

काठमाडौँ — सरकारले रुपन्देही-३ मा उपनिर्वाचनको मिति तोकेपछि मध्यवर्षायाममा पनि दलहरू राजनीतिक गतिविधि गरिरहेका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी लगायत दलहरूले तल्लो तहसम्म पुगेर चुनावलक्षित गतिविधि थालेका हुन्।

सरकारले रुपन्देही-३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने मिति तोकेको छ। यो उपनिर्वाचनलाई सत्तारुढ एमाले र कांग्रेस दुवैले प्रतिष्ठाको विषय बनाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले-कांग्रेसलाई काउन्टर दिन उम्मेदवारको छनोट प्रक्रिया अघि बढाएको छ।

Seti Hospital

माओवादी र एकीकृत समाजवादीले रुपन्देही-३ मा एक्ला एक्लै कि साझा उम्मेदवार उठाउने भन्ने विषयमा टुंगो लगाएका छैनन् ।यसबाहेक दलहरूले वर्षा नसकिँदै महाधिवेशन, राजनीतिक अभियान र भ्रातृ संगठनका सम्मेलन जारी राखेका छन् ।कांग्रेसले रुपन्देही-३ उपनिर्वाचनलाई ध्यानमा राखेर कार्यक्रम गरेको छ।

त्यस्तै, जिल्ला तहमा भ्रातृ सङ्गठनहरू तरुण दल, थारु, दलित संघका जिल्ला अधिवेशन भइरहेको महामन्त्री विश्वप्रकाश शर्माले बताए। ‘रुपन्देही-३ को चुनाव केन्द्रीत गतिविधि गरिरहेका छौँ। त्यस्तै, भ्रातृ सगठनको जिल्ला अधिवेशन, वडा अधिवेशन भइरहेको छ,’ उनले भने, ’ उनले भने, ‘तरुण दल, थारु, दलित जिल्ला, पालिका सम्मेलन भइरहेको छ ।’ यसका साथै तरुण दलले ‘जहाँ विपत, त्यहाँ तरुण’ नारासहित बाढी, पहिरो प्रभावित क्षेत्रमा कार्यक्रम सुरु गरेको छ । भदौ मध्यदेखि अरू राजनीतिक अभियान सुरु गर्ने महामन्त्री शर्माको भनाइ छ ।

सरकारको नेतृत्वमा रहेको एमालेले भदौ २० देखि २२ काठमाडौँमा हुने विधान महाधिवेशनका लागि पालिका कमिटी तहसम्म विधान मस्यौदामाथि छलफल भइरहेको छ । साउन ६ को केन्द्रीय कमिटीले एउटै कार्यकारी पदमा दुई कार्यकाल नरहने, ७० वर्षे उमेर हद हटाउने र अध्यक्षलाई झन् शक्तिशाली बनाउने विधान मस्यौदा पारित गरेको थियो । पारित विधानलाई प्रदेश हुँदै जिल्ला तहसम्म सुझावका लागि पठाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘हाम्रा सबै कमिटीहरू विधान महाधिवेशनको तयारीमा जुटेका छन् । विधान संशोधन सम्बन्धी प्रस्ताव तल पठाएको छ,’ उनले भने, भदौ १० भित्र केन्द्रमा लिखित सुझाव पठाइसक्नुपर्ने भएकाले विभिन्न कमिटीमा खुला छलफल भइरहेको छ ।’ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको टिमले प्रतिवेदन, महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय संगठन विभागले महाधिवेशन प्रतिनिधिको नाम अद्यावधिक गर्ने काम गरिरहेको गौतमको भनाइ छ ।

एमालेले हरेक कार्यक्रमलाई ‘मिसन ०८४’ सँग जोडेर गतिविधि गरिरहेको छ । सरकारले गरेका राम्रा कामको प्रचार गर्दै उसले पार्टी सदस्य विस्तारको कामलाई पालिका तहसम्म निरन्तरता दिएको जनाएको छ । माओवादी केन्द्रले ‘जनताको घर घरमा माओवादी’ अभियान स्थानीय स्तरमा सुरु गरेको छ ।

जेठ पहिलो साता स्थगित भएको मध्यपहाडी राजमार्ग अभियान भदौ १५ देखि लमजुङबाट सुरु गर्दै छ। मध्यपहाडी राजमार्गमा पर्ने जिल्लाहरुमा कार्यक्रमको तयारी भइरहेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । ‘मध्यपहाडी राजमार्गमा जागरण अभियान भदौ १५ देखि लमजुङदेखि सुरु भएर ताप्लेजुङमा अन्त्य गर्ने कार्यक्रम बन्दै छ,’ उनले भने, ‘यो क्षेत्रका कमिटीहरू त्यसकै तयारीमा जुटेका छन् ।’ साउन १९ को स्थायी समितिले स्थगित मध्यपहाडी राजमार्ग जागरण अभियान सुरु गर्ने निर्णय गरेको थियो ।

माओवादीले जेठ २० मा थानकोटबाट सुरु गरेको नेवाः तामाङ केन्द्रित जागरण अभियान राखेको छ । काठमाडौं उपत्यका केन्द्रित अभियान टोलटोलमा भइरहेको सापकोटाको भनाइ छ।

‘काठमाडौं उपत्यकामा नेवाः तामाङ जागरण अभियान चलिरहेको छ । देशभर सृजनात्मक हिसाबले गतिविधि भइरहेका छन्,’ उनले भने, ‘माओवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संगठन क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भदौ १७ र १८ हुँदैछ । सम्मेलनले महिला संघको नेतृत्व चयन गर्ने छ । माओवादी महिला विभाग प्रमुख शशि श्रेष्ठले धेरै जिल्ला सम्मेलन सकेर राष्ठ्रिय सम्मेलन हुन लागेको बताइन् ।

प्रवक्ता सापकोटाले पार्टी संगठन, वाइसीएल, अनेरास्ववियु क्रान्तिकारीले बाढी, पहिरो प्रभावित क्षेत्रमा आआफ्ना कार्यक्रम जारी राखेको बताए । ‘यसका साथै पार्टी संगठनहरुलाई उत्पादनमा जोड्ने गरी आआफ्नो क्षेत्रमा काम भइरहेको छ,’ उनले भने ।माओवादी स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले वर्षाको समयमा ‘जहाँ जनता, त्यहाँ माओवादी कार्यक्रम’ सुरु गरेको बताए । ‘वर्षामा ठूलो कार्यक्रम गर्न कठिन भएको हुनाले जनता भएकै ठाउँमा गएर जनसेवालगायतका गतिविधि गरेका छौँ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ मा निर्वाचन जित्ने गरी प्रचारलाई तीब्र पारेको छ भने देशव्यापी रुपमा सहकारी ठगीमा जेलमा रहेका अध्यक्ष रवि लामिछानेको सहानुभूति दिन हस्ताक्षर संकलन जारी राखेको छ । एकीकृत समाजवादीले संगठन सुदृढीकरणका लागि केन्द्रदेखि जिल्ला तहसम्म छलफल, अन्तर्क्रिया र गतिविधि जारी राखेको जनाएको छ । साउन ३० मा केन्द्रीय पदाधिकारीको बैठक गरी नेता वामदेव गौतमलाई जिम्मेवारी दिनेलगायत निर्णय गरेर कार्यक्रम बनाउने समाजवादीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार