काठमाण्डौ।टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले यूइएफए सुपर कप २०२५ को उपाधि जितेको छ।हिजो भएको खेलमा युरोपा लिग विजेता टोटनह्याम ४-३ पराजित भयो।
स्टाडियो फ्रिउली (उडिनेमा) भएको खेलको ८५ औं मिनेटसम्म टोटनह्याम २-० ले अघि थियो।तर,पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भयो।८६ औं मिनेटमा ली काङ-इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए।
इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २-२ मा पुर्याए।पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २-० ले अघि थियो ।
तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टी सफल पार्यो।अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जीत दिलाए ।
प्रतिक्रिया दिनुहोस्