मल अभावबारे सांसदको प्रश्न- ‘तालुक मन्त्रालय के हेरेर बसेको छ ?’

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा सांसदहरुले खेतीको सिजनमै मल अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको बैठकमा बोल्ने अधिकांश सांसदले मलको विषय उठाए । उनीहरुले सरकार र मन्त्रालय के हेरेर बसिरहेको छ भनी प्रश्न गरेका छन् ।

सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरुले मलका विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Seti Hospital

सत्तापक्ष एमाले सांसद भीम आचार्यले बजारमा मलको हाहाकार भएको बताएका भन्दै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रका किसानले मल पाउन नसकेको भन्दै सरकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न गरे । ‘मलको चरम अभाव र कालोबजारी छ । किसानले उपयुक्त च्यानलबाट पाएका छैनन्,’ उनले भने, ‘किसानले अहिले युरिया हाल्ने बेलामा पाएका छैनन् । तालुक मन्त्रालयले के हेरेर बसेको छ ?’

उनले सरकारले समयमा मलको व्यवस्थापनका लागि नसोचेको भन्दै सभामुखमार्फत ध्यानाकर्षण गराए । प्रमुख प्रतिपक्ष माओवादी सांसद रामकुमार राईले मल अभाव हुँदा सरकार के हेरेर बसिरहेको छ भनी प्रश्न गरे । सरकार भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोपसमेत उनले लगाए ।

सांसद राईले पोखराको लिचिबारी, विद्युत् प्राधिकरणको डेडिकेटड ट्रंकलाइन महसुलको विषय उठाउँदै कुलिङ अफ पिरियड विवादमा सभापतिले राजीनामा दिएपछि संलग्न अरुलाई खोइ कारबाही भन्दै प्रश्न गरे । सत्ता पक्ष कांग्रेसका सांसद रामकृष्ण यादवले पनि मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार