इस्कोन धनगढीमा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी

धनगढी : अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) धनगढीले हरेक वर्ष जस्तै यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पनि भव्य रूपमा मनाउने तयारी गरेको छ।कार्यक्रम यही साउन ३१ गते, शनिबार, धनगढीको सौराइ स्क्वायर हलमा आयोजना हुने इस्कोन धनगढीका अध्यक्ष हलधर निताई दासले जनाएका छन्।


कार्यक्रम अन्तर्गत इस्कोन मन्दिरमा बिहान देखि नै मङ्गल आरती, श्रीमद्भागवतको कथा वाचन, हरे कृष्ण महामन्त्रको जप तथा क्रितन हुने छ। भने मुख्य कार्यक्रम धनगढीको सौराइ स्क्वायर हलमा दिउँसो २ बजे देखि राति ९ बजे सम्म हरिनाम संकीर्तन,श्रीकृष्ण लिला कथा,सांस्कृतिक नृत्य,श्रीकृष्ण जन्म लिला, दिपदान र अभिषेकको कार्यक्रम हुनेछन्।
यस अवसरमा स्थानीय तथा बाहिरी जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। भक्तजनका लागि प्रसाद वितरणको व्यवस्था पनि गरिएको छ।

Seti Hospital


कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन स्वयम्सेवक टोली, सुरक्षा व्यवस्था तथा आवश्यक तयारी पूरा गरिएको आयोजकले जानकारी दिएको छ।
मानव समाजमा व्यवस्थित रूपले आध्यात्मिक ज्ञान वितरण गर्नु र सम्पूर्ण जनताहरूलाई आध्यात्मिक जीवन शैलीबारे प्रशिक्षण दिनु इस्कोनको उदेश्य रहेको छ। जसद्वारा जीवनको मूल्य र मान्यतामा आएको असन्तुलन समाप्त हुनेछ र विश्वमा वास्तविक एकता तथा शान्ति कायम हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार