गृहमन्त्रीको दाबी- रवि लामिछानेलाई सुविधाबाट वञ्चित गरिएको छैन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधाबाट वञ्चित नगरिएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

Seti Hospital

उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीबन्दीहरूले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे । लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि बताए । विशेष सुविधा दिइएको भन्ने कुरा नभएको स्पष्ट पारे । 

उनले भने,‘माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । त्यसबारे उहाँ त्यहाँ बस्नुभएको छ । मानवोचित र सबै कैदीहरूले बन्दीहरूले पाइरहेको सुविधा जुन पाइन्छ त्यसबाट वञ्चित गर्ने अवस्था होइन । अब मानव अधिकार आयोगले पनि गएर केही रिपोर्टहरू दिएको छ । जेलहरू कन्जेस्टेड छन् । उहाँलाई सानै भएपनि अलग्गै कोठामा राखिएको छ । उहाँ बस्नुभएको छ । उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ की, केही गर्नुपर्छ की भनेर सोधेकै अवस्था छ । उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन । तर न्यूनतम सुविधाबाट कारागारभित्र प्राप्त हुने सुविधाबाट वञ्चित गरिएको होइन । कारागार सार्ने कुरा अघि बढेको छ ।’

कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको बताए । कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार