धनगढीबाट लागूऔषधसहित २ जना  पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित २ जन पक्राउ परेका छन्।


कैलालीको धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट स्थित गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीय बिरेन्द्र साउद खैरो हेरोइनसहित पक्राउ परेका हुन्। साउदलाई बा ६२ प १२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ११० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित उनलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–८ भाषा स्कुल नजिकबाट सोही ठाउँ बस्ने ३७ वर्षकी रामरति रानालाई ४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ गरिएको छ। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। दुबै जनालाई बुधवार निन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जर्नाको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार