त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिटर पास’ बन्द

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई पुर्‍याउन जाने आफन्त तथा परिवारजनको संख्या अत्यधिक बढेर यात्रुहरुलाई नै बाधा हुन लागेपछि मंगलबारदेखि ‘भिजिटर पास’ सेवा बन्द गरिने भएको छ ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, भिजिटर पास लिनेको भीडले विदेशीने यात्रुलाई विमानस्थलभित्र प्रवेश गर्न, चेकइन काउन्टरमा पुग्न, जहाजसम्म जान ढिलाई हुने लगायतका समस्या देखीएपछि उडानमै असर पर्न नदिन यो निर्णय गरिएको हो ।

Seti Hospital

‘आफन्जनलाई चेकइन काउन्टर, अध्यागमन जाँच, सुरक्षा जाँचसम्म पुर्‍याउन भिजिटर पासको माग्नेहरु थेग्नै सकिएन । यस्ता भिजिटरका कारण यात्रुहरुको आवागमनमै असर परेकाले भिजिटर पास बन्द गर्ने निर्णय भएको छ’, महाप्रबन्धक पाण्डेले भने ।

उनका अनुसार, भिजिटर पासका लागि अधिकांश पहुँच भएका, उच्च तहका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक व्यक्तित्व लगायत देशैभरबाट अत्यधिक माग भनसुन हुँदै आइरहेकोमा अब भने विमानस्थलले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

‘अन्तर्राष्ट्रिय एयरपोर्टभित्र कहिलेकाहीँ यति चाप हुन थाल्यो कि प्रहरी नै बोलाएर सुरक्षा माग्नुपर्ने अवस्था सृजना भयो’, महाप्रबन्धक पाण्डेले भने, ‘हामीसँग दैनिक अन्तर्राष्ट्रियतर्फ दैनिक ६ हजार यात्रु बर्हिगमन हुन्छन् । तर यिनलाई पुर्‍याउने भिजिटरको संख्या दैनिक १२ सयसम्म पुगेको छ ।’

बिहान ६ बजे खुला हुने काठमाडौं विमानस्थल राति १ बजेसम्म सञ्चालनमा आउँछ । यहाँ दैनिक ४५ देखि ५० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान आवागमन हुन्छन् । विमानस्थलको टर्मिनल कार्यालयका अधिकारीहरुका अनुसार यात्रु आवतजावतको भीड व्यवस्थापन गर्न र सुरक्षालाई प्राथमिकता दिँदै भिजिटर पास प्रणाली तत्कालका लागि रोकिँदा यात्रुहरुलाई सहजता हुने र भीड कम भई जाँदा सुरक्षा चुनौती पनि कमी हुने छ ।

काठमाडौं विमानस्थलले आन्तरिक टर्मिनलमा यात्रुलाई पुर्‍याउन जाने भिजिटर पास भने बन्द गरेको छैन । त्यहाँ धेरै चाप नपर्ने भएकाले यो सुविधा त्यहाँ कायमै राखिएको छ । वृद्धवृद्धा, बालबालिका, शारीरिक रुपमा अशक्त, ह्विलचेयर प्रयोगकर्ता, बिरामी यात्रुहरुका आफन्तनलाई उपलब्ध गराइने भिजिटर पास सेवालाई भने कायमै राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार