दार्चुलामा स्यालको आक्रमणबाट ४ जना घाइते

दार्चुला – दार्चुलाको ब्यास गाउपालिका–६ मा जंगली स्यालको टोकाईबाट ४ जना स्थानीय घाइते भएका छन् । आइतबार दिउँसो घरनजिकैको बनमा घास काट्ने क्रममा स्यालले आक्रमण गरी ३ जनालाई घाइते बनाएको स्थानीयले बताएका छन् ।

ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरका अनुसार स्यालको आक्रमणबाट ब्यास–६ बसेडीका ७० वर्षीय गणेश दत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र खातीगाउँका ७५ वर्षीया च्याउली देवी भण्डारी घाइते भएका छन् ।

Seti Hospital

त्यस्तै ४ दिन अगाडी जयबहादुर बमलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीय खातीले बताए । आइतबार घाइते भएका स्थानीयलाई ब्यास–६ खातीगाउमा रहेको ग्रामीण स्वास्थ ईकाइ केन्द्रमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल खलंगा ल्याएको र त्यहाँबाट पनि थप उपचारका लागि धनगढी रिफर गरिएको स्थानीय रमेश भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार