नेपालमाथि उत्तर कोरियाको सजिलो जित

काठमाडौँ — तीनपल्टको विश्व तथा दुईपल्टको एसियाली च्याम्पियन उत्तर कोरिया सन् २०२६ को यू-२० वुमेन्स एसियाकपका लागि छनोट भएको छ । लगातार तेस्रो जितका लागि उसले आइतबार नेपाललाई ११-० ले हराएको हो । 

भुटानको थिम्पुमा भएको खेलमा उत्तर कोरिया एकपक्षीय रुपमा हाबी रह्यो । यससँगै उसको ९ अंक भयो र समूह ‘ए’ विजेता बन्यो । उत्तर कोरियाले अब अर्को वर्ष थाइल्यान्डमा हुने यू-२० प्रतियोगिता खेल्नेछ ।

Seti Hospital

उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० र भुटानलाई १०-० ले हराएको थियो । हारसँगै नेपाल तीन खेलबाट चार अंकमा सीमित रह्यो । आइतबारको अर्को खेलमा भुटान र साउदी अरेबिया भिड्दै छन् ।

यसको नतिजाले नेपाल समूहको कुन स्थानमा रहने हो, त्यो निर्णय गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार