एनपीएल दोस्रो सिजनको मिनी अक्सनमा चार खेलाडी अधिकतम १५ लाखमा बिक्री

काठमाडौं : नेपाल प्रिमियर लिग- एनपीएल २०२५ को दोस्रो सिजनका लागि जारी मिनी अक्सनमा ४ खेलाडी अधिकतम १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन् । मोहम्मद आदिल आलमका लागि भने ८ वटै टोलीले बोली लगाए । लक्की ड्रमार्फत् उनी काठमान्डू गोर्खाजमा आवद्ध भए ।

ए श्रेणीका आदिल आलम, पवन सर्राफ, देव खनाल र अर्जुन साउदका लागि एकभन्दा बढी टोलीले समान अधिकतम मूल्यमा बोली लगाएपछि लक्की ड्रमार्फत् गन्तव्य तोकिएको हो । गोर्खाजले सबै भन्दा पहिला टिमलाई पूर्णता दियो । 

Seti Hospital

आदिल आलमसहित गोर्खाजले सन्तोष यादवका लागि १० लाख, आकाश त्रिपाठीका लागि ७ लाख, तुलबहादुर थापाका लागि २ लाख रूपैयाँ र उत्तम रंगु थापा मगरका लागि ३ लाख रुपैयाँ खर्च गर्यो । 

गोर्खाज अक्सन टेबलमा सबैभन्दा भाग्यशाली सावित भयो । देव खनालका लागि चितवन राइनोज र लुम्बिनी लायन्सबीच लक्की ड्र हुँदा उनी चितवन पुगेका छन् । अर्जुन साउदले चितवन राइनोजबाट दोस्रो संस्करणको एनपीएल खेल्ने छन् । 

चितवनले लक्की ड्रमा कर्णाली र विराटनगरलाई पछि पार्दै अर्जुनलाई अनुबन्धित गरेको हो । पवन सर्राफ लक्की ड्र मार्फत कर्णाली याक्समा सामेल भए । पवनका लागी कर्णालीसहित चितवन, लुम्बिनी र विराटनगरले अन्तिमसम्म बोली लगाएका थिए । यस्तै युवराज खत्री १० लाख रुपैयाँमा कर्णालीमै आबद्ध भए । दीपक डुम्रे र इमरान शेख समान २-२ लाखमा कर्णालीमै सामेल भए ।

विराटनगर किङ्सले सूर्य तामाङका लागि १० लाख खर्च गर्यो । साहिल पटेल र नारायण जोशीले ५-५ लाख रुपैयाँमा विराटनगरबाट खेल्ने छन् । लुम्बिनी लायन्सले दिलीप नाथका लागि १० लाख खर्च गर्दा पोखराले लक्की ड्रमा विशाल पटेललाई ५ लाख रुपैयाँमा भित्राउन सफल भयो ।

यस्तै सुदूरपश्चिम रोयल्सले हेमन्त धामीका लागि १० लाख रुपैयााँ खर्च गरेको छ । उनका लागि ४ टोलीले अन्तिम सम्म प्रतिस्पर्धा गरेका थिए । टेक रावत र दीपेन्द्र थापा २-२ लाख रुपैयामा सुदूरपश्चिममा गए । पोखरा एभेन्जर्सले अर्जुन कुमालका लागि ५ लाख रुपैयाँ खर्च गर्दा कृष्ण पौडेल र अभिषेक तिवारीका लागि समान २-२ लाख रुपैयाँ तिर्यो ।

जनकपुर बोल्ट्सले मयन यादवलाई ७ लाख ७५ हजार रुपैयाँमा टिममा सामेल गर्यो ।आदित्य महत ५ लाख रुपैयाँ र सचिन भट्ट २ लाख रुपैयाँमा डिफेन्डिङ च्याम्पियन जनकपुरमा सामेल भए ।

पहिलो चरणमा श्रेणी एबाट सन्तोष कार्की, मौसम ढकाल, सुनिल धमला र शरद भेषावकर अनसोल्ड भए । अब टिमहरुको विस लिस्टका आधारमा उनीहरु बी श्रेणीको मुल्यमा विक्री हुन सक्ने छन् । 

यस्तै श्रेणी बीबाट रवीन्द्रजंग शाही, अनिल खरेल, शंकर राना, रित गौतम, दीपक बोहारा, मिलन बोहारा, भुवन कार्की र कृष्ण कार्की लगायतका खेलाडी अनसोल्ड रहे । पहिलो चरणमा अनसोल्ड भएका ए र बी श्रेणीका खेलाडीहरूलाई अक्सनको अन्त्यतिर फेरि टोलीले सूचीबाट लिन सक्ने व्यवस्था गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार