झलनाथ लक्षित माधव नेपालको टिप्पणी : ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाल लक्षित कडा टिप्पणी गरेका छन् ।

पार्टीको विरुद्धमा बोल्ने र नेकपा एमालेबाट विद्रोहको औचित्य पुष्टि भएन भन्ने अभिव्यक्ति दिने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै सेवा गरेर बसे हुने सल्लाह नेपालले दिएका छन् ।

Seti Hospital

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ।’

पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्नुपर्ने र पार्टी अनुशासन पालना गर्नुपर्ने उनले बताए ।

केपी शर्मा ओलीले संविधान विरुद्ध गतिविधि गरेकाले एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएर ठिक गरेको उनले बताए । उनले भने, ‘कसैले पार्टीको अनुशासन उल्लंघन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद भंग गर्दछ । भंग गरेको संसदलाई गफ गरेर पुन: स्थापना हुँदैन । त्यसलाई विधि र प्रक्रियाबाट पुन: स्थापना गर्न सकिन्छ । तर कस्ता पात्रहरु ज्याद्रा छन् भने दोस्रो पटक भंग गरे । फेरि हामी दोस्रो पटक लाग्नुपर्‍यो । त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो । केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ?’

नेपालले थपे, ‘ठिक गर्‍यौँ हामीले । संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो । हामीले रहरले त्यो पार्टी छोडेको होइन ।’

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले जोगाएर ल्याएको दाबी समेत गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार