मदनको ७५औं जन्म हिरकोत्सवमा हुनेछ विद्या भण्डारीको राजनीतिक ‘टेकअफ’, ‘चुनावी’ घर लिइन्

काठमाडौं : नेकपा एमालेले सक्रिय राजनीतिमा प्रतिबन्ध गरे पनि त्यसको डटेर सामना गर्दै अगाडि बढेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि र आगामी चुनावसम्मलाई लग्य राखी बानेश्वर हाइटमा पर्ने थापागाउँमा चार तले घर भाडामा लिएकी छन्।

पति तथा जननेता मदन भण्डारीको ७५ औं जन्मदिनको हिरक महोत्सव आगामी बर्ष मनाउने तयारी रहेको पूर्वसन्ध्यामा विद्याले राजनीतिक सक्रियताको घोषणा गरिसकेकी छन्। 

Seti Hospital

अब हिरक महोत्स मूल आयोजक समितिका गतिविधि र विद्याको राजनीतिक तथा चुनावी गतिविधि सोही घरबाट हुने उच्च स्रोतले जनाएको छ।

यो भवन भण्डारीको सम्पर्क कार्यालय पनि हुनेछ। मदन भण्डारी फाउन्डेशन र मूल समारोह समितिमार्फत एमालेका नेता कार्यकर्तासँग विद्याको गतिविधि बढाउने योजना रहेको छ भने उनले पार्टीका औपचारिक कार्यक्रममा सहभागीता जनाउने पनि यसअघि नै बताइसकेकी छन्।

झन्डै ३ दसकअघि मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा भण्डारीले पनि कार्यालय खोल्न लागि घर तयार पारेकी हुन्।

‘जननेता मदन भण्डारी र जबज’ लाई कार्यकर्तासँग जोड्दै भावनात्मक सन्देश प्रवाह गर्न टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ।

विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएको छ। यसको नेतृत्व बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई दिइएको छ।

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा ०४८ सालमा पराजित गर्दा यहि घरबाट मदन भण्डारीले प्रचार प्रसार गरेका थिए।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि मदन भण्डारी राजनीतिमा लागेका हुन्। २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण भयो।

२०३३ सालमा मुक्ति मोर्चा समूहको निर्माण गरियो। त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको ‘को–अर्डीनेशन केन्द्र’मा आवद्ध भई ‘मुक्तिमोर्चा समूह’लाई नै त्यसमा विलय गराइयो।

२०३५ सालमा नेकपा (माले) स्थापना भयो र उनी मदन भण्डारी केन्द्रीय सदस्य बने।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा एमालेको चौथो महाधिवेशनमा महासचिव बने।

२०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले–माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी–लेनिनवादी)को महासचिव बने।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

त्यसबेला यहि घरको प्रयोग गरिएको थियो। ०५० साल जेठ ३ गते मदन भण्डारीको रहस्यमय दुर्घटना (जसलाई हत्याकाण्ड पनि भनिन्छ) पछि उनको स्थानमा भण्डारीको संसदीय राजनीतिमा जोडदार उदय भएको थियो।

हिरक महोत्सवसँगै भण्डारीले औपचारिक रुपमा फेरि पनि सक्रियतालाई बलियो बनाएर राजनीतिक टेकअफ गर्ने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ।

मदन भण्डारी २००९ साल असार १४ गते जन्मिएका हुन्। आगामी बर्षदेखि ०८४ को असार १४ सम्म हिरक जन्ममहोत्सव चल्नेछ। त्यहि बेला विद्या भण्डारीको राजनीतिक उडानको गतिको रफ्तार र अवतरणको विषय तय हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार