सन्तानब्बे वर्षमा नागरिकता !

दार्चुला: नेपालको संविधानमा १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने प्रावधान छ तर दार्चुलाका एक जना ज्येष्ठ नागरिकले ९७ वर्ष र एक जनाले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्।

दार्चुलाको लेकम गाउँपालिका–६ का ९७ वर्षीय जयानन्द नाथ र लेकम–१ की ९६ वर्षीय परुलीदेवी बोहोरालाई लागेको थियो कि यो जुनीमा नागरिकता पाउँदिनँ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले उनीहरूको घरमै गएर नागरिकता प्रदान गरको छ। उनीहरू नागरिकता पाएपछि निकै खुसी छन्।

Seti Hospital

९७ वर्षीय नाथले घरमै नागरिकता प्रमाणपत्र बुझ्न पाउँदा आफूलाई देशले सम्झिएको अनुभव भएको बताए। लेकम गाउँपालिका–१ का ९६ वर्षीय परुलीदेवी बोहोराले पनि यो उमेरमा नागरिकता पाउँदा खुसी लागेको बता्इन्। पहाडी भेगका दुर्गम बस्तीका जनतालाई कार्यालय पुग्न गाह्रो हुने भएकाले नागरिकता लिन वञ्चित भएकालाई घरमै नागरिकता दिनका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ ।

विज्ञापन

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार