टोटनहमबाट बिदा लिँदै सन

सोल (एएफपी) — टोटनहमका कप्तान सन ह्युन–मिनले शनिबार उत्तरी लन्डनको क्लब छाड्न लागेको जनाएका छन् । टोटनहममा १० वर्ष बिताएपछि ३३ वर्षे उनी त्यहाँबाट बिदा हुन लागेका हुन् । उनी सन् २०१५ मा बायर लेभरकुजनबाट प्रिमियर लिग टोलीमा आएका थिए ।

त्यसयता उनले टोटनहमबाट ४ सय ५४ खेलमा सहभागिता जनाउँदै १ सय ७३ गोल गरेका छन् । प्रिमियर लिगमै ३ सय ३३ खेलमा उनको १ सय २७ गोल रहेको छ । मे महिनामा मात्र उनको कप्तानीमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई पराजित गरी युरोपा लिगको उपाधि जितेको थियो । टोटनहमले ४१ वर्षपछि युरोपियन प्रतियोगिता जित्न सफल भएको थियो ।

Seti Hospital

तर, उनको स्तरअनुरुप गत वर्ष प्रदर्शन हुन सकेको थिएन । त्यसमा उनी खुट्टाको गम्भीर चोटका कारण मैदान बाहिर थन्किएका थिए । टोटनहमले एसिया भ्रमणमा आइतबार न्युकासलसँग खेल्दै छ । त्यसमा उनले कप्तानी गर्नेछन्, जुन उनको टोलीबाट अन्तिम खेल हुनेछ । सन र ह्यारी केनले प्रिमियर लिग इतिहासमा प्रभावशाली स्ट्राइकर जोडीको रूपमा इतिहास बनाएका थिए । यी दुईले सँगै खेल्दा कुल ४७ गोल गरेका छन्, त्यसमा सनको २४ र केनको २३ गोल छ ।

‘यस पत्रकार सम्मेलनअघि म यस क्लब छाड्ने निर्णयमा पुगेको बताउन चाहन्छु,’ टोटनहमसँग प्रि–सिजनका लागि सोलमा रहेका सनले भने, ‘मेरो यो निर्णयमा क्लबले सम्मानपूर्वक सहयोग गरिरहेको छ ।’ निकै भावुक देखिएका उनले अबको गन्तव्यबारे भने केही खुलाएनन् । उनको अमेरिकामा मेजर लिग सकर टोली लस एन्जलस एफसीमा चर्चा चलिरहेको छ ।

‘मैले आफ्नो जीवनमा गरेको यो सबैभन्दा कठिन निर्णय थियो, टोटेनहमसँग थुप्रै अविस्मरणीय क्षण छन्, त्यसैले यो निर्णय गर्नु एकदमै कठिन भयो,’ टोटनहमका नयाँ व्यवस्थापक थोमस फ्रान्कसँगै प्रस्तुत भएका सनले पत्रकार सम्मेलनमा भने, ‘मैले आफूलाई अगाडि बढाउन नयाँ वातावरण चाहिएको छ, म पनि केही परिवर्तन हुनुपर्छ । १० वर्ष भनेको धेरै लामो समय हो । म यस क्लबमा आउँदा २३ वर्षको एउटा बच्चाजस्तै थिएँ, यो निकै सानो उमेर हो । अहिले वयस्कको रूपमा छाड्दै छु, जसमा मलाई गर्व पनि छ ।’

कोरियाली भाषामा बोलेका सनले टोटनहमको युरोपको उपाधि यात्रापछि आफ्नो सोचमा ठूलो परिवर्तन आएको बताए । ‘युरोपियन प्रतियोगिता जित्दा मलाई सम्भव भएसम्मका सबै सफलता हात पारेको अनुभव भएको थियो,’ सनले भने, ‘मैले धेरै समय फरक वातावरणमा फुटबल अनुभव गर्न सकिन्छ कि भनेर आफैसँग छलफल गरिरहें ।’

सन सम्मिलित टोटनहम सन् २०१९ को च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग पराजित भएको थियो । प्रिमियर लिग गोल्डेन बुट जित्ने सन पहिलो एसियाली खेलाडी पनि हुन् । उनले २०२१–२२ को सिजनमा लिभरपुलका मोहम्मद सलाहसँगै समान सर्वाधिक २३ गोल गरेका थिए । त्यसको अर्को वर्ष उनी प्रिमियर लिगमा १ सय गोल गर्ने पहिलो एसियाली खेलाडी बनेका थिए । २०२३ को अगस्टपछि सनले हुगो लोरिसको स्थानमा टोटनहमको कप्तानी जिम्मेवारी लिएका थिए । उनले प्रिमियर लिगमा ७१ गोलका लागि एसिस्ट पनि गरेका छन् ।

जुनमा ब्रेन्टफोर्डबाट आएका फ्रान्कले दक्षिण कोरिकाका कप्तान सनप्रति सम्मान दर्शाए । ‘व्यक्तिगत रूपमा भन्नुपर्दा यतिका सानदार व्यक्तित्व र खेलाडीसँग काम गर्न पाउँथे भने म खुसी हुन्थें,’ एन्गे पोस्टेकोग्लोउललाई बर्खास्त गरिएपछि ल्याइएका फ्रान्कले भने, ‘उनी स्पर्सका महान खेलाडी हुन् र प्रिमियर लिगका एक उत्कृष्ट खेलाडी हुन् ।’

यस सिजनमा टोटनहम खेलाडी बजारमा मौन जस्तै देखिएको छ । टोलीले अट्याकिङ मिडफिल्डर मोहम्मद कुडोसलाई वेस्ट ह्यामबाट ल्याउनुबाहेक अरू केही चहलपहल गरेको छैन । टोलीले मोर्गन

गिब्स–ह्वाइटलाई ६ करोड पाउन्डमा नोटिङ्घम फरेस्टबाट ल्याउन प्रयास गरेको थियो, तर त्यो प्रक्रियामा बीचैमा तुहिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार