यू–२० महिला एसियन कप छनोट, नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं : नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ । भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ । समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्रा घरेलु टोली भुटानविरूद्धको खेलबाट सुरू गर्नेछ ।

खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ । प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए ।

Seti Hospital

यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन्। उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ । ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।

दुई हप्ताअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । अन्तिम खेलबाहेक सबै खेलमा नेपालले गजबको प्रदर्शन गरेको थियो तर फाइनलमा रूपान्तरित बङ्गलादेशविरुद्धको अन्तिम भिडन्तमा नेपाल ४–० ले पराजित भयो ।

प्रशिक्षक गुरुङले मङ्गलबार साफ यु–२० प्रतियोगिता एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए । प्रशिक्षक गुरुङले घरेलु मैदानमा खेलिरहेको हुनाले भुटानलाई कमजोर नआँकेको बताए ।

यद्यपि नेपालले साफ यु–२० मा भुटानलाई दुई पटक फराकिलो अन्तरले हराएको थियो । नेपालले भुटानविरुद्ध पहिलो खेल ६–१ र दोस्रो खेल ८–० ले जितेको थियो ।

साउदी अरबको महिला टिमलाई तुलनात्मक रूपमा अझ कमजोर मानिएको छ । प्रशिक्षक गुरुङलाई आफूलाई घरबाहिर आएर खेलेको जस्ता नलागेको बताए । नेपालकी कप्तान बिर्सना चौधरीले सबै टोलीलाई ध्यानमा राखेर तयारी गरेको बताइन् । यसै गरी भुटानकी प्रशिक्षक टङ्कमाया घलेले नेपालविरुद्ध सकारात्मक उर्जाका साथ खेल्ने बताइन्। प्रशिक्षक घलेले दुई नयाँ खेलाडीलाई टिममा सामेल गरेको जानकारी पनि दिइन् ।

भुटानकी कप्तान सोनाम छोमोले उत्तर कोरिया धेरै बलियो टिम भएको तर घरेलु मैदानमा खेल्ने भएकाले उत्साहित रहेको बताइन् । उनले घरेलु समर्थकलाई टिमलाई समर्थन गर्न आग्रह पनि गरिन् ।

उत्तर कोरियाका प्रशिक्षक री सोङ हो मौसमका हिसाबले उत्तर कोरियामा भन्दा भुटान हाई अल्टिच्युडमा रहेकाले आफ्नो टिमलाई स्वाभाविक खेल खेल्न अलि कठिन हुने धारणा राखे ।

उनले आफ्नो टिमका लागि तिनै टिम नयाँ भएकाले राम्रो तयारी गरेको बताइन् । यसै गरी साउदी अरबका प्रशिक्षक जेभियर भिलामालाले हावापानीसँग अभ्यस्त हुन आफ्नो टिम २० दिनअघि नै भुटान आएको जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार