कञ्चनपुर । कञ्चनपुरमा बहुविवाह र सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।
बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएका बेलौरी नगरपालिका–२ बस्ने ४७ वर्षीय मानबहादुर चौधरी र सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका–१० बस्ने २० वर्षीय जय सिंह बुढामगर पक्राउ परेका हुन ।
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुवै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । दुवै जनालाई कैद र जरिवाना भुक्तानीका लागि जिल्ला अदालत कञ्चनपुरमा पेस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्