भक्तपुरमा दिदीबहिनी मृत्यु प्रकरण : पोस्टमार्टम रिपोर्टमा ‘ह्याङ्गिङ’

काठमाडौँ — भक्तपुरमा मृत भेटिएका दिदी-बहिनीको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ देखिएको छ । १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेलको मृत्युको कारण ‘ह्याङ्गिङ’ देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

‘पोस्टमार्टम रिपोर्टमा ह्याङ्गिङ नै मृत्यको कारण उल्लेख छ,’ एसपी नेउपानेले भने,‘ तर हामी घटनाको अनुसन्धानमा नै छौँ । मोबाइल परीक्षणका लागि पनि पठाइएको डिजिटल फरेन्सिक रिपोर्टबाट पनि केही विषय आउन सक्छ ।’

Seti Hospital

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९, सिन्टीटारमा रहेको स्थानीय निरज चक्रधरको दुईतले घरको छेउको भुईंतलामा रहेको छाप्रोमा साउन ८ गते कँडेल दिदीबहिनी मृत भेटिएका थिए ।

उनीहरू सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर-८ का स्थानीय बासिन्दा थिए । भारतबाट हराएका भनिएका उनीहरू भक्तपुर आएर कोठामा दुई हप्ता अघिदेखि बस्दै आएका थिए । काठमाडौंमा ९ दिनअघि उनीहरूको दाहसंस्कार गरी परिवार सुर्खेत फर्किएको थियो ।

दिदीबहिनी मृत्यु प्रकरण : मुम्बईबाट भक्तपुर आई डेरामा बसेका थिए

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार