सिराज चम्केपछि भारतको नाटकीय जित

लन्डन (एएफपी) — मोहम्मद सिराज नायक साबित भएपछि भारतले पाँचौं टेस्ट क्रिकेटमा इंग्ल्यान्डमाथि सोमबार ६ रनको नाटकीय जित रचेको छ । यससँगै शृंखला २–२ को बराबरीमा टुंगिएको छ ।

इंग्ल्यान्डले जितका लागि ३ सय ७४ रनको लक्ष्य पाएको थियो, तर टिम भने ३ सय ६७ रन बनाएर अलआउट भयो । तीव्र गतिका बलर सिराजले १ सय ४ रन खर्चेर ५ विकेट लिए । सोमबार बिहानको खेलमा उनले ९ रनमात्र खर्चेर तीन विकेट लिएका थिए ।

Seti Hospital

टेस्ट क्रिकेट इतिहासमा भारतको यो अहिलेसम्मकै सबैभन्दा साँघुरो जित अन्तर हो । ‘इमान्दारीपूर्वक भन्दा यो जित असाध्यै धेरै उत्कृष्ट रह्यो । पहिलो दिनदेखि अन्तिमसम्म सबैले कडा मिहिनेत गरेर खेले । त्यसैले हामी सबै खुसी छौं,’ सिराजले भने, ‘म चाहन्थें, ठीक ठाउँमा बलिङ गर्न सकोस् र विकेट हात परोस् । बाँकी जे हुन्छ, राम्रै हुन्छ ।’ सिराजले आफू बिहान उठ्दा पनि जितका लागि आत्मविश्वासी रहेको बताए ।

इंग्ल्यान्डले ६ विकेट गुमाएर ३ सय ३९ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । टोलीले बाँकी ४ विकेट २८ रनमै गुमाएको हो । सनसनीपूर्ण साबित शृंखलामा प्राप्त यो जित अन्तिम दिनको बिहानी खेलमै सम्भव भएको थियो । पूरा शृंखलामा दुवै टिमका तर्फबाट सबैभन्दा बढी विकेट लिएका सिराजले सुरुमै जेमी स्मिथ र जेमी ओभरटनको विकेट लिए । यससँग इंग्ल्यान्ड ८ विकेट गुमाई ३ सय ५४ रनको स्थितिमा पुगेको थियो ।

जतिबेला चोटग्रस्त खेलाडी क्रिस वक्स ब्याटिङका लागि ओर्लेका थिए, इंग्ल्यान्डलाई जितका लागि अझै १७ रन चाहिएको थियो । उनलाई काँधमा चोट लागेको थियो र यसक्रमा उनको बायाँ हात सुरक्षित राख्न ब्यान्डेज बाँधिएको थियो । गस एटकिन्सनले छक्का प्रहार गरेपछि इंग्ल्यान्डको जित लक्ष्य एकोहोरो अंकमा झरेको थियो । तर सिरिजमा आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्दै सिराजले वाटकिन्सनलाई १७ रनमा बोल्ड गरे ।

Sunrise bank

यससँगै भारतीय खेलाडी र दक्षिणी लन्डनको ओभलमा उपस्थित समर्थकमा खुसीयाली छाएको थियो । भारतले यो टेस्ट वरीयताको शीर्षमा रहेका जसप्रित बुमराहविना खेलेको थियो । उनलाई ५ टेस्टको शृंखलामध्ये तीन खेलमा मात्र खेलाइएको थियो । सिराजले भने पाँचै टेस्ट खेले र ३२.४३ को औसतले २३ विकेट लिए । स्मिथ र ओभरटन भने आफ्नो सरे मैदानमा रन बटुल्न असफल रहे ।

सोमबार बिहान खेल सुरु हुँदा मौसम भारतीय बलर सुहाउँदो थियो । ओभरटनले प्रसिद्ध कृष्णको पहिलो बलमै चौका प्रहार गरे र यसले बाक्लो संख्यामा उपस्थित इंग्लिस समर्थकलाई खुसी बनाएको थियो । लगत्तै उनले अर्को बलमा पनि चौका प्रहार गरे । सिराजले पेभिलियन एन्डबाट बलिङ सुरु गरे र त्यसक्रममा स्मिथ दुईपल्ट ‘बिट’ भए । तेस्रो बलमा सिराजले उनलाई ‘कट् बिहायन्ड’ गराए ।

यस्तोमा इंग्ल्यान्ड ७ विकेट गुमाएर ३ सय ४७ रनको स्थितिमा पुगेको थियो । सिराजले त्यसपछि ओभरटनलाई एलबीडब्लू धरापमा पारे । कुमार धर्मसेनाको निर्णय ‘अम्पायर कल’ कारण कायम रह्यो ।

आइतबार चौथो दिनको खेलमा ह्यारी ब्रुक्सले १ सय ११ र जो रुटले १ सय ५ रन बनाएका थिए । उनीहरूले चौथो विकेटमा १ सय ९५ रनको साझेदारी गरेका थिए र इंग्ल्यान्ड जिततर्फ अग्रसर देखिएको थियो ।

तर ब्रुक्सको विकेटसँगै इंग्ल्यान्ड एक प्रकारले पतनको सिकार भयो । टोलीले ३६ रनमा ३ विकेट गुमाएको थियो । त्यसमा रुटको विकेट पनि रह्यो । इंग्ल्यान्डले हेडिङ्लेमा भएको पहिलो टेस्ट जितेपछि भारतले एजबास्टन टेस्ट आफ्नो पारेको थियो । लर्डसमा इंग्ल्यान्ड फेरि विजयी रह्यो । तर, ओल्ड ट्राफोर्डमा सम्पन्न चौथो टेस्टमा भारत हारको संघारमा रहेर पनि बराबरीमा टुंग्याउन सफल भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार