मोटरसाइकल दुर्घटनामा परि डडेल्धुराका एक जनाको मृत्यु

डडेलधुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अजयमेरु गाउँपालिका-२ का ४५ वर्षीय गणेश भट्ट रहेका छन्। 


जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक धनि चन्दका अनुसार सोमवार नम्बर प्लेट नरहेको पल्सर मोटरसाइकल दुर्घटनामा परेर भट्टको सोमवार मृत्यु भएको हो। अजयमेरु गाउँपालिका(१ पुइलेक कासिपुर सडकखण्डको घुम्तीमा भट्टले चलाएको उक्त मोटरसाइकल ५० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार