काठमाडौँ — निजामती विधेयकमा राज्यव्यवस्था तथा सुशासन समितिले राखेको २ वर्षको कुलिङ पिरियडको व्यवस्था खण्डित हुने प्रावधान राखेकोबारे छानबिन गर्न गठित समितिमा विवाद कायमै छ । प्रतिनिधिसभाले कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’ गठन गरेको थियो ।
उक्त समितिको २१ दिने म्याद सकिएपछि थपिएको ७ दिनको कार्यावधि आइतबार राति नै सकिएको थियो ।
सोमबार बिहान ७ बजेदेखि आइतबारकै बैठकको निरन्तरता दिएर छलफल सुरु भएको थियो । प्रतिवेदन टुंगो लगाउन बसेको बैठक दिउँसो ३ बजेसम्म पनि टुंगोमा पुगेको छैन । समितिमा रहेका सत्तारूढ दलका सांसद र विपक्षी दलका सांसदबीच विवाद कायमै रहेपछि प्रतिवेदन टुंगो लाग्न सकेको छैन ।
‘कुलिङ अफ पिरियड’ मा नियतवश गोलमाल गरिको छानबिन समितिको निष्कर्ष
सत्तारूढ पक्षले कसैलाई पनि कारबाही गर्न नहुने भनेकाले सहमति जुट्न नसकेको विपक्षी दलको आरोप छ । विपक्षीले अडान राखेकाले सहमति जुट्न नसकेको सत्तारूढ दलका सांसदको आरोप छ
सहमति जुटाउन विपक्षी तीन सांसदहरूले सभापतिलाई जिम्मेवारी दिएर संसद् भवन नयाँ बानेश्वर पुगेका छन् । १ घण्टाभित्र सहमतिमा आउन आग्रह गरिएको विपक्षी दलका सांसदहरूको भनाइ छ । माओवादीका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाका रोशन कार्कीले सभापति परियारलाई सहमति जुटाउन जिम्मेवारी दिएर संसद बैठकमा गएका हुन् ।
सत्तारूढ दलका सांसदहरूको बैठक भने सिंहदरबारमा बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्