बडीमालिका मेलामा सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

बाजुराः बाजुराको बडीमालिकामा साउन २१ गते देखि सुरु हुने मेलामा नेपाली सेनाको निःशुल्क शिविर आयोजना गर्ने भएको छ।

ईश्वरीबक्स गुल्म बाजुराले मेलाको अवसरमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। उच्च स्थानमा रहेको बडीमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरूको आकस्मिक उपचारका लागि सेनाले शिविर आयोजना गर्न लागेको ईश्वरीबक्स गुल्म बाजुराका गुल्म पती सेनानी कृष्ण तिमिल्सेनाले बताए।

Seti Hospital

मेलामा अक्सिजन सहितको स्वास्थ्य शिविर सँगै नेपाली सेनाको हेलिकोप्टर समेत तयारी अवस्थामा राखिने उनले बताए। सेनाले बाटोमा हिँड्ने पैदल यात्रीका लागि बाटो सम्बन्धी जानकारी खानेपानीको व्यवस्थापन, अस्थायी शौचालय व्यवस्थापन लगायत संरचना निर्माण गरेको छ। बडीमालिकामा हरेक वर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीको दिन अर्थात् असोज २३ गते मेला लाग्दै छ। मेलाका लागि भक्तजनहरू एक हप्तादेखि हिँड्न थालिसकेका छन्।

विज्ञापन

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार