२३ कर्मचारीलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । गृह मन्त्रालयले सरुवा तथा पदस्थापनपछि पनि तोकिएको कार्यस्थलमा अहिलेसम्म नपुगेका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै तोकिएको कार्यालयमा उपस्थित नभएका कर्मचारीहरूको नाम सार्वजनिक गर्दै उनीहरूलाई तुरुन्त हाजिर हुन आग्रह गरेको हो ।

उक्त सूचीमा १८ जना शाखा अधिकृत र ५ जना नासु परेका छन्। जसमा डडेल्धुराको इलाका प्रशासन कार्यालय जोगबुडामा पदस्थापना नायब सुब्बा रामबाबु बराल पनि रहेका छन् । 

मन्त्रालयले सरुवा भइसकेको तर तोकिएको स्थानमा नगएका कर्मचारीहरूले अब ढिलासुस्ती नगरी तोकिएको कार्यालयमा २४ घण्टाभित्र अनिवार्य रूपमा हाजिर हुनुपर्नेछ।

मन्त्रालयका अनुसार यो निर्देशन अटेरी भए कानुनी प्रक्रिया अघि बढाइनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार