बाजुरामा स्याउ पाक्ने बेलामा बाटो बन्द,किसानलाई चिन्ता

बाजुरा।स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन्। जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ।

यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने चिन्तामा परेका छन्।असारदेखि भदौसम्म मार्तडी–कोल्टी सडक सधै अवरुद्ध हुने गरेकाले स्याउ बजारमा ढुवानी गर्न सधै समस्या हुने गरेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताए।उनले भने, “अब बारीमा स्याउ पाक्ने बेला भयो।

SHIKHAR COOL TECH

गाउँमा बजार छैन।स्याउ टाढा लैजाऊ यहाँको मार्तडी–कोल्टी सडक अहिले नै अवरुद्ध बन्दै गएको छ।”समयमै यो सडक सुचारु भएन भने विगतका वर्षझैं यो वर्षमा पनि स्याउ बजारमा स्याउ कसरी लैजाने भन्ने अहिले नै चिन्ता लागेको रावतले बताए।हिमाली १८, स्वामिकार्तिक ३५,  जगनाथमा ४५,  बुढीनन्दामा ५०,  खप्तड छेडेदहमा–१, बुढीगङ्गा नगरपालिका–१ गरी एक सय पचास परिवारले स्याउ खेती गर्दैआएका छन्।

यता गौमुल गाउँपालिकामा एक समूहमार्फत स्याउ खेती सुरु गरेको छ।आर्थिक वर्ष २०८१/८२ मा यहाँ एक हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो।झण्डै  पाँच सय पन्ध्र क्विन्टल स्याउ बाहिर गएको थियो । यहाँ किसानले झण्डै ७० देखि ८० लाखभन्दा बढी रुपियाँ यहाँका आम्दानी गरेका थिए।बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ।

यहाँ चार सय दस हेक्टर जमिनमा स्याउ रोपिएको छ।त्योमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र कार्यालय बाजुराका प्रमुख जसिराम साहनीले बताए । यता २०७८ सालको असारमै काम सम्पन्न गर्नेगरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका छन्।मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जेभी प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन्।

मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक पक्की गर्ने काम सम्पन्न भए पनि उता ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक अझ पिच भएको छैन् । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय सधै यसरी आवत–जावतमा सास्ती खेप्नु परेको छ।मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएका छन्।जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको छ। पहिरो सफा गरेपछि अवरुद्ध भएको सडक चाँडै सुचारु हुने भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताए। गोरखापत्र अनलाईनबाट 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार