ऊर्जा मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच धनगढीमा भेटवार्ता

भक्तराज जोशी

धनगढी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमलबहादुर शाहबीच मंगलबार भेटवार्ता भएको छ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा सम्पन्न उक्त भेटमा सुदूरपश्चिम प्रदेशमा विद्युत्, सिँचाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विषयमा केन्द्र–प्रदेश समन्वय, योजनाको कार्यान्वयन र सेवा प्रभावकारिताबारे छलफल भएको बताइएको छ।

Seti Hospital

उक्त अवसरमा मन्त्री खड्काले प्रदेशमा भइरहेको जलस्रोतसम्बन्धी प्रमुख आयोजनाको प्रगति, समस्या र अवसरबारे जानकारी लिएका थिए। मुख्यमन्त्री शाहले सुदूरपश्चिमको भूगोल, कृषि, सिँचाइ र ऊर्जा पहुँचको सन्दर्भमा केन्द्र सरकारसँग अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो।

भेटमा दुवै नेताले राष्ट्रिय परियोजनाको प्रभावकारी कार्यान्वयन, प्रदेशभित्रका साना–मझौला आयोजना र सिँचाइ विस्तार कार्यक्रमलाई प्राथमिकतामा राख्ने सहमति पनि जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार