मुख्यमन्त्री कमलबहादुर शाह साउन १५ गते विश्वासको मत लिँदै

भक्तराज जोशी

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ।

प्रदेश सभाको बैठक साउन १५ गते साँझ ५ बजे बस्ने तय भएको छ। बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने प्रक्रिया अघि बढाउने छन्।

Seti Hospital

यसअघि, सोमबार सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न सर्वसम्मत निर्णय गरेको हो।

बैठकले आफ्ना सांसदहरूलाई विश्वासको मतको क्रममा अनिवार्य उपस्थित, अनिवार्य मतदान, र तटस्थ नबस्न स्पष्ट निर्देशन (हिप) दिएको छ। उक्त निर्देशन नेपालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २८ बमोजिम जारी गरिएको हो।

प्रदेशको हालको राजनीतिक अवस्था र गठबन्धनको समीकरणलाई मध्यनजर गर्दा विश्वासको मत प्रक्रियाले प्रदेश सरकारको भविष्यको दिशातर्फ संकेत गर्ने विश्लेषण गरिँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार