एनपिएल खेलाडी अक्सन साउन २४ गते

काठमाडौँ । दोस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार विज्ञप्ती जारी गर्दै एनपिएलको अक्सनको मिति उल्लेख गरेको हो । क्यानकाअनुसार असार २८ देखि साउन ६ गतेसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा चार सय ५८ खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम एनपिएलका आठवटै फ्रेन्चाइज टोलीलाई पठाइएको क्यानले जनाएको छ । 

Seti Hospital

एनपिएलमा सहभागी टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गरिने पनि क्यानले जनाएको छ । दोस्रो संस्करणको एनपिएल आगामी नोभेम्बर डिसेम्बर महिनामा हुनेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार