छाउपडीलाई अन्त्य गर्ने प्रतिज्ञा : कृष्णपुरमा १५ छाउगोठ भत्काइयो

भक्तराज जोशी

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ।

गत साता महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी)को सर्पदंशका कारण मृत्यु भएपछि छउगोठ भत्काउन सुरु गरिएको हो।

SHIKHAR COOL TECH

वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य हुन थालेको कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले बताए।

उनका अनुसार दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन्। छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको उनले बताए।

समितिले समुदायमा महिनावारीका बारेमा सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले बताए। स्थानीय स्वस्फूर्त रूपमा छाउगोठ भत्काउने अभियानमा संलग्न भइरहेका जनाउँदै उनले छाउगोठ भत्काउन अटेरी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने उल्लेख गरेका छन। पहरीया क्षेत्रमा पनि छाउगोठ भत्काउन सुरु गरिने उनको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार