धनगढी । मञ्जुश्री फाइनान्स लिमिटेडको धनगढी शाखाले वित्तीय वर्ष २०८१/८२ मा ‘वर्षको उत्कृष्ट शाखा’ (Best Branch of the Year) को उपाधि हात पारेको छ।
पछिल्ला केही वर्षयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको यस शाखाले पुनः अग्रस्थान कायम राख्दै आफ्नो सफलता कथा थप मजबुत बनाएको हो।
वार्षिक मूल्यांकनमा तोकिएका लक्ष्य मात्र पूरा नभई उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र नविन रणनीतिमा अग्रणी रहँदै शाखाले यो उपाधि जितेको कम्पनीले जनाएको छ।

कम्पनीका मुख्य कार्यकारी अधिकृत तेजराज तिमिल्सिना र उप–मुख्य कार्यकारी अधिकृत पदम ठकुल्लाले हस्ताक्षर गरेको सम्मानपत्रमा भनिएको छ — “धनगढी शाखाले तोकिएका लक्ष्यहरू हासिल गर्दै उत्कृष्ट योगदान गरेको र उत्कृष्ट शाखा बन्न सफल भएकोमा हार्दिक बधाई।”
धनगढी शाखा पछिल्ला वर्षदेखि निरन्तर पहिलो स्थानमा रहँदै आएको छ। विशेषत : सानो उमेरमै शाखा प्रमुखको जिम्मेवारी सम्हालेका हेमराज बिनाडीको नेतृत्वलाई यस उपलब्धिको मुख्य आधार मानिएको छ।
उनले भने: “यो उपलब्धि सम्पूर्ण टिमको कडा परिश्रम र एकताको नतिजा हो। आगामी चुनौतीहरू अझ ठूला छन्, तर हामी निरन्तर उत्कृष्टता कायम राख्ने संकल्पसहित अघि बढ्नेछौँ।”
मञ्जुश्री फाइनान्सका अनुसार, आगामी वर्ष अझ प्रतिस्पर्धात्मक हुने भएकाले नविन सेवाहरू, डिजिटल प्रवर्द्धन र ग्राहकमैत्री योजनामा जोड दिइनेछ।
प्रतिक्रिया दिनुहोस्