रास्वपाले भन्यो- तस्करहरूको सेटिङ नभत्किएको पुष्टि भइसक्यो, आन्दोलन छाड्दैनौंं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा तस्करहरूको सेटिङ नभत्किएको दाबी गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद बिन्दबासिनी कंसाकार तस्करहरू अझै सरकारसँग नडराएको पुष्टि भएको बताइन्।

स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको बताइन्। उनले भनिन्, ‘तथ्य सार्वजनिक हुँदा पनि सरकार न देख्छ न सुन्छ न त संवाद गर्छ।’

उनले यो प्रकरणमा छानबिनको लागि उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन नछाड्ने बताइन्। उनले घुस मागेको अडिओ सार्वजनिक भएको मन्त्रीहरूलाई कारबाही गर्न माग गरिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार