एमाले बैठकको प्रस्तावलाई विद्या भण्डारीको काउन्टरः आतंकित नपारियोस् पछि हट्नेवाला छैन

काठमाडौं : नेकपा एमालेको सक्रिय राजनीतिमा आएको घोषणा गरेपछि अझ व्यापक चर्चामा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र ग्रुपिज्म बढाएर कार्यकर्ता आतंकित पार्ने काम भएको टिप्पणी गरेकी छन्।

‘आन्दोलनबाट आएको मानिस हुँ। पछि हट्नेवाला छैन’, निवासमा भेट भएका पत्रकारसँगको कुराकानीमा भनिन्,‘अहिलेदेखि केन्द्रदेखि तलसम्म आतंकित पार्ने काम नगरियोस्। म अगाडि बढिसकेकी छु।’

उनले ११औं महाधिवेशनमा अध्यक्ष बन्ने चाहना राखेकी छन्। तर एमाले केन्द्रीय समितिको बैठकमा अहिलेदेखि नै उक्त महाधिवेशनको अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई प्रस्ताव गरिनुपर्ने आवाज आएपछि भण्डारीले काउन्टर उत्तर दिएकी हुन्। 

भण्डारीलाई रोक्नका लागि सदस्यता नविकरण पेन्डिङमा रहेकोदेखि अनेक जालझेलका कुराकानी भएपछि ओलीसँग वान टु वान वार्ता भएको थियो। त्यसपछि सुरु भएको केन्द्रीय समितिको बैठकमा भण्डारीलाई अगाडि बढ्न नदिने प्रपञ्चमा परिचालन गरिएको आशंका उब्जिएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार